छापा खबर


अमेरिका-इरान द्वन्द्व चर्किएपछि त्रासले फर्किए सात नेपाली

अमेरिका-इरान द्वन्द्व चर्किएपछि त्रासले फर्किए सात नेपाली

नेपालखबर
पुस २२, २०७६ मंगलबार ०:१४,

इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ।

उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

आइतबार र सोमबार फर्काइएको टोलीमा सात नेपाली छन्।

बग्दादस्थित नेपाली दूताबासले इराकमा कार्यरत नेपालीसँग घर फर्कनको लागि सम्पर्क बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .