पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरहेका सूर्यप्रसाद लामिछानेलाई सबैले ‘माहुरी म्यान’ भनेर चिन्छन्।
कास्की लामास्वाँरामा किसान परिवारमा जन्मिएका लामिछानेले दुई दशकदेखि मौरीपालन गरिरहेका छन्। कडा मिहिनेतपछि सयवटा मौरी घार तयार पारेका लामिछानेले भने, ‘मैले यो व्यवसाय सुरु गर्दा मलाई कसैले पनि पत्याएका थिएनन्। माहुरीपालनलाई व्यवसायका रूपमा ढाल्न सकिएला भनेर।’
कास्कीमा माहुरीपालन व्यवसायमा रुचि राख्ने धेरै छन्। मह शुद्ध हो वा होइन भन्ने प्रमाणित गर्न नपाउँदा विदेश निर्यात गर्न नपाएको नेपाल मौरीपालन महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका लामिछानेको भनाइ छ। विदेशीले बिनापरीक्षण वा प्रमाणीकरण नभएको कुनै चिज पनि प्रयोग नगर्ने हुँदा यहाँको मह बाहिर निर्यात गर्न नसकिएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘ल्याबको अभावमा महको प्रमाणीकरण गर्न नपाउँदा मह विदेश पठाउन सकिएको छैन। स्वेदशमा बिक्री गर्न बाध्य छौँ।’ यो खबर आजको गाेरखापत्रमा तारा चापागाईं दुवेले लेखेकी छन्।
महको नाउँमा केही डुलन्ते व्यक्तिले घरघरमा चिनीको चास्नी मिलाएर बेच्ने गरेकाले पनि महको गुणस्तरमा प्रश्न उठिरहेको उनको भनाइ छ।
उनले कास्कीमा मात्रै सानाठूला गरी दुई सय मौरीपालक किसान र सात हजार पाँच सय आधुनिक मौरीका घार रहेको जानकारी दिए।

प्रतिक्रिया