ad ad

छापा खबर


छलाङ मार्दै ‘गलबन्दी’का गायक सपुत, नायकका रूपमा आउँदै

छलाङ मार्दै ‘गलबन्दी’का गायक सपुत, नायकका रूपमा आउँदै

नेपालखबर
पुस १६, २०७६ बुधबार ०:४६,

पछिल्लो समय लोक दोहोरीबाट निकै चर्चामा रहेका गायक प्रकाश सपुतलाई चलचित्रमा नायकका रूपमा देख्न पाइने भएको छ।

यसअघि इन्डियन आइडल जितेका गायक प्रशान्त तामाङले अभिनय गरेका २०७२ सालको हिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी–२’मा नायकका रूपमा उनी अनुबन्धित भएका छन्।

गायकका रूपमा फिल्ममा नायक बनेको प्रकाश नै पहिलो नेपाली कलाकार भने होइनन्। नेपाली चलचित्र वृत्तमा शिव शंकरबाटै गायनबाट नायक बन्ने क्रम सुरु भएको थियो।

आगामी फागुनबाट छायांकन सुरु हुने चलचित्र परदेशी-२ मा प्रकाश मुख्य नायकका रूपमा आउँदै छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

दुई वर्षअघि ‘बोल माया’ गीतबाट गायनसँगै अभिनयमा प्रकाश सपुत चर्चामा आएका थिए। त्यसपछि उनलाई ‘गलबन्दी’लगायतको गीतले हिट बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .