ad ad

छापा खबर


सुरुङमार्ग अध्ययन गर्न चिनियाँ टोली टोखामा, काठमाडौ र चीनकाे सीमा जोड्ने सबैभन्दा छोटो दूरी

सुरुङमार्ग अध्ययन गर्न चिनियाँ टोली टोखामा, काठमाडौ र चीनकाे सीमा जोड्ने सबैभन्दा छोटो दूरी

नेपालखबर
पुस १२, २०७६ शनिबार २:०,

बहुप्रतिक्षित टोखा-छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौ आइपुगेका चिनियाँ प्राविधिक टोली टोखा पुगेको छ।

गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौं उपत्यकालाई सबैभन्दा छोटो दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा-छहरे सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो।त्यसबेला चिनियाँ राष्ट्रपति सीले यस सुरुङमार्ग निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

सोहीअनुसार सुरुङमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौंको उत्तरी भेग टोखा पुगेको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट र नीति तथा कार्यक्रममा समेत यस सुरुङमार्ग लाई विशेष प्राथमिकतामा राखेको छ। चालु आवमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य सरकारले राखेको छ।

टोखा–छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। यसैगरी चौडाइ डबललेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत ३० अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ। यसअघि गरिएको एक अध्ययनका अनुसार यस सुरुङमार्ग निर्माणपछि जम्मा साढे दुई घण्टामै काठमाडौदेखि रसुवागढीसम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ। यस सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ।

सुरुङमार्ग काठमाडौंको टोखाबाट नुवाकोटको थानसिङ फाँट वा बुढीसेरातर्फ निस्कनेछ। यस प्राविधिक टोलिले सम्पूर्ण परिक्षणपछि दिने विस्तृत अध्ययनपछि मात्र नुवाकोट तर्फको सुरुङ बिन्दु तय हुनेछ। यो सुरुङमार्गबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ।

अहिले सरकारले मुलुकको संघिय राजधानी काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीका रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिएको छ। सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले चिनियाँ प्राविधिक टोली शुक्रबार बिहानै फिल्ड सर्भेका लागि टोखा पुगेको जानकारी दिए। उनले यस प्राविधिक टोलीले आगामी एकमहिना लगाएर सुरुङमार्गको स्थलगत अध्ययन पूरा गरी प्रतिवेदन तयार पार्ने जानकारी दिए।

चिनियाँ अनुदान सहयोग र नेपालको आफ्नै लगानीमा सो सडक निर्माण भइरहेको हो। यस सडक र सुरुङमार्ग लक्ष्य अनुरुप निर्माण गर्न सके काठमाडौबाट रसुवागढी सबैभन्दा छोटो दूरीमा पुग्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .