छापा खबर


भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई, १३ वर्षसम्म काम गर्ने

भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई, १३ वर्षसम्म काम गर्ने

नेपालखबर
पुस १२, २०७६ शनिबार १:२०,

भारतीय अनुसन्धानकर्ताले जन्मान्तर गराउन पुरुषका लागि गर्भनिरोध सुई बनाएका छन्।

उनीहरूका अनुसार उक्त इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्नेछ।

अनुसन्धानकर्ताहरूका अनुसार आवश्यकताअनुसार इन्जेक्सनको प्रभावलाई चाहेको समयमा हटाउन सकिनेछ।

सो सुई अन्तिम चरणमा रहेको खबर आजको राजधानी दैनिकले एजेन्सीलाई उधृत गर्दै छापेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सम्पूर्ण ट्रायल सकिएको र त्यो सफल भएको बताएको छ।

अब केही समयपछि नै यो सुईले स्वीकृति पाएपछि बजारमा आउने सम्भावना रहेको बताइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .