ad ad

छापा खबर


बेलायत र बंगलादेशका प्रधानसेनापति नेपाल आउँदै

बेलायत र बंगलादेशका प्रधानसेनापति नेपाल आउँदै

नेपालखबर
पुस १०, २०७६ बिहिबार १:३४,

बेलायतका प्रधानसेनापति जनरल मार्क  क्याल्टर्न स्मिथ नेपालको सप्ताहव्यापी औपचारिक भ्रमणमा आउने भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी ३ फागुनमा आउन लागेका हुन् । मार्कको भ्रमणपछि प्रधानसेनापति थापाले पनि बेलायतको औपचारिक भ्रमण गर्ने तयारी छ।

‘बेलायतका प्रधानसेनापतिज्यू ३ देखि १० फागुनसम्म नेपालको औपचारिक भ्रमणमा आउने तय भएको छ’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने । गत वर्ष प्रधानसेनापति भएका मार्कको पहिलो औपचारिक भ्रमण हुन लागेको हो । प्रधानसेनापति थापाको कार्यकालमा बेलायतबाट आउन लागेका उनी पहिलो उच्च सैन्य अधिकारी हुन्।

मार्कले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणका सिलसिलामा उनले धरान र पोखरास्थित ब्रिटिस सेनाका लागि गोर्खा भर्ती केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

एक दिन पोखरादेखि घान्दु्रकसम्म ट्रेकिङमा जाने गरी कार्यतालिका तयार भएको छ । ब्रिटिस सेनाको गोर्खा ब्रिगेडअन्तर्गत विभिन्न युनिटमा करिब तीन हजार नेपाली कार्यरत छन् । उनको भ्रमणमा नेपालीहरूलाई पेन्सनमा भएका विभेदलगायतका विषयमा पनि छलफल गर्ने नेपाली पक्षको तयारी छ।

माघ २४ मा बंगलादेशका प्रधानसेनापति अजिज अहमदले नेपालको भ्रमण गर्ने तय भएको छ । प्रधानसेनापति थापाको निमन्त्रणामा उनी आउँदै छन्। थापा बंगलादेशको चारदिने औपचारिक भ्रमणका क्रममा २८ पुसमा ढाका जाँदै छन् । थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .