छापा खबर


देशभरकै स्थानीय तहका लेखा प्रणाली नष्ट, ह्याक भयो सर्भर

देशभरकै स्थानीय तहका लेखा प्रणाली नष्ट, ह्याक भयो सर्भर

नेपालखबर
पुस ९, २०७६ बुधबार ०:१९,

देभरकै स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भनिरहेका छन्।

यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्।

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सूत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले/उपेन्द्र अर्यालले लेखेका छन्।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सररकाको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिदेखि सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन्।

२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सूत्र लागू गर्ने निर्णय गरेको थियो। ‘सूत्र’ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकिएको उपमहालेखा निरीक्षक केसीले बताए।

‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो। हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं। झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ उनले भने।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्र लेखेर जानकारी गराइसकिएको बताए।

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सूत्र ह्याक’बारे अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad