सरकारले उखुको मूल्य निर्धारण गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको छ।
उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।
उखुको मूल्य निर्धारण सिफारिस समितिले प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा सिफारिस गरेको थियो। जुन गत सालकै मूल्य बराबर हो।
मन्त्रिपरिषद्ले उखुको मूल्य निर्धारण गरेसँगै यो कार्यान्वयनमा आउने छ।
नेपाल उखु उत्पान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले समर्थन मूल्य वृद्धि नगरी गत सालकै मूल्य निर्धारण हुँदा किसानलाई कुनै राहत नमिल्ने बताए।

प्रतिक्रिया