प्रहरीले पाँच दिनको अवधिमा झण्डै २७ करोड रुपैयाँ मूल्य बराबरको नौ किलो अवैध लागू औषध कोकिन बरामद गरेको छ।
छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिणामको लागू औषध हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो।
सोही ठाउँबाट ब्युरोले शनिबार पुन : ६ किलो कोकिन बरामद गरेको छ।
बरामद कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य झण्डै २७ करोड रुपैयाँ पर्छ।
प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ।
प्रतिक्रिया