छापा खबर


बैठकमा वामदेव गौतमलाई संकेत गर्दै प्रचण्डले बुढाखाडा भनेपछि...

बैठकमा वामदेव गौतमलाई संकेत गर्दै प्रचण्डले बुढाखाडा भनेपछि...

नेपालखबर
पुस ७, २०७६ सोमबार ०:२८,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा संविधान संशोधनको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच ठट्टा चलेको छ।

बैठकमा प्रचण्डले अहिले मुख्यतः तीन कोणबाट संविधान संशोधनको चर्चा चलेको प्रस्ट्याएका थिए।

मधेश केन्द्रीत दल, केही नेतालाई राष्ट्रियसभामा मनोनीत गरेर प्रधानमन्त्री बनाउन बाटो खुलाउने तथा संविधान कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाएर अघि बढ्ने गरी संशोधनको प्रशंग आएको प्रचण्डले सुनाएका थिए।

बैठकमा अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे नेताहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय सभामा मनोनयन गरेर प्रधानमन्त्रीका लागि बाटो खोल्ने प्रसंग आफूजस्तै बुढापाकाको व्यवस्थापनका लागि आएको होला भन्दै ठट्टा गरेपछि नेता गौतमले पनि जबाफ दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

‘अहिले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी बाटो खुलाउन संविधान संशोधनको कुरा आएको छ, तर मलाई लाग्छ–यो कुरा हामीजस्ता बुढाखाडालाई बाटो खोल्न पनि आएको होला।’

तर, नेता गौतमले भने प्रचण्डको ठट्यौली कुरालाई ठट्यौली पारामै जबाफ फर्काएका थिए।

‘तपाईंले मलाई संकेत गर्दै हामीजस्ता बुढाखाडा भन्नुभएको होला, तर म कहाँ बुढो भएको छु र ?’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad