छापा खबर


संसदमा नयाँ नजिर, पहिलोपटक उपसभामुखबाट प्रतिनिधिसभा सञ्चालन

संसदमा नयाँ नजिर, पहिलोपटक उपसभामुखबाट प्रतिनिधिसभा सञ्चालन

नेपालखबर
पुस ५, २०७६ शनिबार ०:४७,

सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहस चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे शुक्रबार बैठक चलाएकी छन्।

सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध्यक्षतामा संसदको पाँचौ अधिवेशन बैठक प्रारम्भ भएको हो।
प्रतिनिधिसभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगन घोषणा गर्ने व्यवस्था छ। संसदका पूर्वमहासचिव सूर्यकिरण गुरुङले संसदीय अभ्यासमा उपसभामुखले बैठक प्रारम्भ गरेको यो पहिलोपटक भएको बताए। यो खबर आजको कान्तिपुरमा राजेश मिश्रले लेखेका छन्। उनी ०४९ देखि ०६४ सम्म संसदमा कार्यरत थिए।

‘०४८ सालयताको संसदीय अभ्यासमा मैले सम्झेसम्म संसद अधिवेशनको प्रारम्भ र अन्त्य सभामुखबाटै हुँदै आएको थियो। संसदीय अभ्यासमामा प्रचलनको पनि महत्व हुन्छ। त्यो एउटा नजिर पनि हो,’ उनले भने, ‘अहिले सभामुख नभएको र उपसभामुख रहेको फरक स्थिति देखिन्छ। उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्य खोज्ने कुरा पनि भएन।’

तत्कालीन सभामखु कृष्णबहादुर महरा फौजदारी अभियोगमा अहिले थुनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad