ad ad

छापा खबर


नेकपा स्थायी समिति बैठक : मन्त्रीले गरे सरकारी कामको बचाउ, अन्य नेताद्वारा आलोचना

नेकपा स्थायी समिति बैठक : मन्त्रीले गरे सरकारी कामको बचाउ, अन्य नेताद्वारा आलोचना

नेपालखबर
पुस ३, २०७६ बिहिबार १:४०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन्।

पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वी सुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षमन्त्री गिरिराजमणि पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले सरकारले राम्रो काम गरे पनि जनपरिचालनमार्फत स्थापित हुन नसकेको भन्दै बचाउ गरे ।

तर, अन्य नेताले भने सरकारी कामको आलोचना गरेका छन् । नेता पन्तले नेतृत्वले विधान मिच्दै आएको र अमेरिकन सहयोग एमसिसी (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) का कारण सरकार बदनाम भएको बताए ।

उनले एमसिसीलाई राष्ट्रिय हितको पक्षमा हुने सुनिश्चितताको अवस्थामा मात्र अघि बढाउन उपयुक्त हुने धारणा राखे ।

नेताहरू मातृका यादव र हरिबोल गजुरेलले पार्टीभित्र गुटबन्दी, अनुशासनहीन र अराजकता बढेका कारण कडाइका साथ नियन्त्रणका लागि नेतृत्वलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .