ad ad

छापा खबर


अब काठमाडौं महानगरवासीलाई हेमोडायलासिस सेवा निःशुल्क

अब काठमाडौं महानगरवासीलाई हेमोडायलासिस सेवा निःशुल्क

नेपालखबर
पुस ३, २०७६ बिहिबार ०:४०,

काठमाडौं महानगरका बासिन्दा र महानगरपालिकामा कार्यरत कर्मचारीले हेमोडायलासिस सेवा निःशुल्क पाउने भएका छन्।

नेपाली सेनासँगको सहकार्यमा मिर्गाैलाका बिरामीलाई हेमोडायलासिस सेवा निःशुल्क गर्न लागिएको हो।

नेपाली सेना र महानगरपालिकाबीच बुधबार भएको सम्झौतामा मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन्।

हेमोडायलासिस सेवा नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा उपलब्ध हुनेछ। सम्झौताअनुसार ज्येष्ठ नागरिकका लागि ओपीडी र आकस्मिक सेवा प्रदान गरिनेछ।

हेमोडायलासिसका लागि आवश्यक उपकरण, भौतिक पूर्वाधार र जनशक्ति आवश्यक भएमा महानगरपालिकाले नेपाली सेनालाई अनुदान उपलब्ध गराउनुपर्नेछ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

यसका लागि महानगरपालिकाले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .