ad ad

छापा खबर


जाे बने ठगेरै अर्बपति!

जाे बने ठगेरै अर्बपति!

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १:३७,

दोलखा पवटीका दिनेश कोइराला फेरि परेका छन्। ठगीलाई पेसाजस्तै बनाएको उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ।

मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पुर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ।

कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फार्म खोल्ने भन्दै कोइरालाले डेढ करोड ठगे। कोइरालाको ठगी धन्दाको शृंखला लामो छ जुन आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले विस्तृत रूपमा लेखेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार कोइरालाले झापा उर्लाबारीका कृष्ण धमलाबाट डेढ करोड, शिवलाल पुरीबाट ९९ लाख, इटहरी सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, राजघाटकी रीता मगरबाट २ करोड, दुर्गा धिमालबाट ४० लाख, झापाका सोेले धिमालबाट ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

‘कोइरालाले ठगी गरेको रकम जोड्दा मात्रै १ अर्बभन्दा बढी हुन आउँछ। उनले सम्पत्ति कहाँ लुकाए हामी खोज्दै छौं,’ महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने, ‘कोइराला ठगेरै अर्बपति बनेको अनुमान छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .