ad ad

छापा खबर


भक्तपुरको यो विद्यालय : कक्षा ५ मा एक्ली छात्रा

भक्तपुरको यो विद्यालय : कक्षा ५ मा एक्ली छात्रा

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ३:७,

भक्तपुरको मध्यपुरथिमी–९ स्थित हिमालय आधारभूत विद्यालयको ५ कक्षामा बुधबार एकजना छात्रा मात्र उपस्थित थिइन्।

कक्षामा एक्लै उपस्थित अस्मिता भुजेलले अरू साथी नआएका कारण आफू कक्षामा एक्लै परेको बताइन्। कक्षामा सबै गरेर ६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ।

नियमित स्कुल आउने विद्यार्थीको संख्या न्यून रहे पनि विद्यालयमा बालविकाससहित ७ शिक्षकको दरबन्दी छ। विद्यालयका प्रधानाध्यापक प्रकाशमान बज्राचार्यले विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको बताए। जम्मा ५६ जना विद्यार्थी भर्ना भएको विद्यालयको मासिक खर्च भने एक लाख ४९ हजार रहेको विद्यालय निरीक्षक नेत्रप्रसाद दाहालले जानकारी दिए।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थी आकर्षित गर्नेतर्फ विद्यालय व्यवस्थापन समिति तथा वडा कार्यालयबाट कुनै पहल भएको देखिँदैन। यो खबर आजको नयाँ पत्रिकामा तस्बिरसहित छापिएको छ।

वडासदस्य चन्द्रप्रसाद धौबन्जारका अनुसार विगतमा विद्यार्थी संख्या कम भएपछि विद्यालय मर्ज गर्ने प्रक्रिया अघि बढाएको थियो। तर, विद्यालयका शिक्षक, कर्मचारीले नमानेपछि मर्जको प्रक्रिया रोकियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .