छापा खबर


प्रचण्डले दिए चेतावनी- ‘समझदारीबाट पछि हटे दुर्भाग्य’

प्रचण्डले दिए चेतावनी- ‘समझदारीबाट पछि हटे दुर्भाग्य’

नेपालखबर
असार १०, २०७६ मंगलबार १:१२,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन्।

नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पार्ने बताए।

यो खबर आजको नागरिक दैनिकमा चितवनबाट सविता श्रेष्ठले लेखेकी छन्।

‘पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौँ, हस्ताक्षर गरेका छौँ, जस्तावेजीकरण गरेका छौँ,’ उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौँ, कुनै कुनै बहाना खोज्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुन सक्दैन।’

पछिल्लो समय नेकपाभित्र पार्टीको कार्यदिशालाई लिएर विवाद बढेको छ।

पार्टीको कार्यदिशा जनताको बहुदलिय जनवाद हुने कि जनताको जनवाद हुने भन्ने विषयमा विवाद बढेको हो।

अध्यक्ष दाहालले एकताका सहमतिलाई गम्भीरताका साथ कार्यान्वयन गरिनेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad