छापा खबर


बालकहरूसँग यसो गर्थे यी अमेरिकी बालयौन दुराचारी

बालकहरूसँग यसो गर्थे यी अमेरिकी बालयौन दुराचारी

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १:१७,

बालअधिकार लागि राष्ट्रिय अभियानका एक सदस्य तिलगंगा आँखा अस्पताल छेवैमा मैदानमा साँझतिर टहलिन्थे।

धुलै चौरमा फुटबल र क्रिकेट खेल्ने वाग्मती तीरमा बस्ने सुकुमवासी समुदायका बालबालिकासँग प्रत्येक दिन नयाँ फुटबल हुन्थ्यो। कहिलेकाहीं त नयाँ जुत्ता र नयाँ ब्याट पनि हुन्थे।

कमजोर आर्थिक हैसियत भएका उनीहरूसँग कहाँबाट आए ती खेल सामग्री?

एकाध दिनमै उनले थाहा पाए, एक जना विदेशी केही बिराएर त्यहाँ आउँदा रहेछन्। र, ती विदेशीले खेलकुदका सामग्री दिएर बालबालिकालाई फकाउँदै आफैंसँग लिएर जाँदा रहेछन्।

एक दिन तिनले विदेशीसँग जाने ११ वर्षका दुई बालकलाई सोधे, ‘तिमीहरूलाई विदेशीले किन लैजान्छ?’ ती सदस्यले बालकसँग सोधेको प्रश्नोत्तर समेटिएको समेटिएको भिडियो क्लिप कान्तिपुरलाई पनि प्राप्त भएको छ। उनको प्रश्नमा ती बालकले भनेका छन्,’ उसको पेटमा हाम्रो हात लगेर दल्छ। अनि त्यति नै बेला आफ्नो पेन्ट खोलेर हेर्छ।!

भिडियोमा दुई बालकले थप भनेका छन्, ‘पिसाब फेर्ने ठाउँमा हाम्रो हात लगेर चलाउँछ अनि केहीबेर चलाएपछि कफी झर्यो भन्छ।’

बालकहरू प्रयोग गरेर ती विदेशीले हस्तमैथुन गर्ने र वीर्य झरेपछि त्यसलाई ‘कफी’ बनाउने गरेको ती बालकले बताएका छन्। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।

आफ्ना अरू साथीलाई समेत साँझतिर होटलमा लैजाने गरेको ती बालकले बताएका छन्। पैसा र खानेकुरा दिएर बालकहरूलाई फकाउँदै कहिले एक्लै त कहिले दुई बालकलाई होटलमा लैजाने र यौन गतिविधिमा संलग्न गराउने गरेको पाइएको छ।

अभियानका केही सदस्यले विदेशी नागरिकको यस्तो गतिविधिबारे थाहा पाएपछि उक्त भिडियो क्लिप एक महिनाअघि प्रहरी परिसर (काठमाडौं)लाई दिएका थिए। तर बाल यौन दुराचारको घटना अनुसन्धानमा परिसरका अधिकारीले चासो नदिएपछि जघन्य अपराधको घटना सतहमा आउन पाएको थिएन।

विमानस्थल नजिकैको एक होटलमा बस्ने र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ओहोरदोहोर गर्ने ती विदेशीको संदिग्ध गतिविधिबारेको सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली रानीपोखरीमा पुगेको थियो। कार्यालयले ती विदेशीबारे सूक्ष्म निगरानी गरेपछि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान सुरु गरेको थियो।

ब्युरोले आइतबार राति सिनामंगलको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ बाट अमेरिकी नागरिक जेसन लोएड मुडीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad