ad ad

छापा खबर


यी हुन् धर्मको आडमा यौनलिला मच्चाउने ‘बाबा’हरु

यी हुन् धर्मको आडमा यौनलिला मच्चाउने ‘बाबा’हरु

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार २:२८,

हिन्दु संस्कारमा अनुयायी आफ्नै सन्तानजस्तै हुन् तर सबै बाबा अभिभावक जहाँ हुन्छन् र!

संस्कारमा बसिदिएको भए सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको बास आश्रममै हुन्थ्यो, हिरासतमा होइन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

बोली र व्यवहार फरक हुँदा छोरी समानकी अनुयायीलाई बलात्कार गरेको आरोपमा अहिले उनको दैनिकी सुनसरी प्रहरको हिरासतमा बितिरहेको छ।

दुई नागरिकता लिएको, सरकारी जग्गा कब्जा गरेको, ठगी गरेको लगायतका दर्जनौँ आरोप लाग्दै आए पनि सत्ता र शक्तिको आडमा जोगिँदै आएका गिरीमाथि भारतीय बाबाहरु आशाराम बाबु, रामरहिम लगायतलाई झैँ उनकी एक अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन्।

गिरीमाथि डेढ वर्षअघि इटहरीको बालग्रामका दुई बालिकालाई आश्रममा पठनपाठनको व्यवस्था मिलाई दिने भनी अभिभावकको स्वीकृतिमा लगेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

आश्रम गएको केही समयमै बालिकाले आश्रममा बस्न नमानेपछि उनको कुकृत्य खुलासा भएको थियो।

त्यस्तै गुम्बामा उपचारका लागि आएकी युवतीलाई बलात्कार गरेको अभियोगमा दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामाले गत वर्ष कैद सजाय पाए।

आफूलाई अवतारी लामा भएको दाबी गर्ने उनीमाथि दक्षिणकालीको आफ्नै गुम्बामा एक महिलामाथि वर्षौं बलात्कार गरेको अभियोग लागेको थियो।

नेपालमा पनि धर्मको आडमा काण्ड मच्चाउने सन्तहरुको संख्या कम छैन।

कृष्णदास अगाडि गत वर्ष बालसन्त स्वामी श्रीनिवासाचार्य पक्राउ परेका थिए।

यिनको पक्राउको कारण धार्मिक आडमा वितण्डा मच्चाउन आफैँलाई गोली हान्न लगाउनु थियो।

०७५ चैत २५ मा विराटनगरको जेतुवामा रहेको रामजानकी मन्दिरमा उनीमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानको क्रममा उनी आफैँले भाडाका अपराधिलाई आफूमाथि गोली हान्न लगाएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो

उनले धर्मको आडमा राजतन्त्र र हिन्दु राज्यको पक्षमा चर्को वकालत गर्दै आएका थिए।

त्यस्तै लिटिल बुद्धको रुपमा परिचत रामबहादुर बम्जनमाथि आफ्नै अनुयायीमाथि बलात्कार र हत्या गरेको आरोप लगेको छ।

बलात्कार र हत्याको आरोपपछि उनी अद्र्धभूगित बसेका छन्। उनको अनुसन्धान अहिलेसम्म गोप्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .