छापा खबर


के हो मेनेन्जाइटिस ? कस्ता हुन्छन् यसका लक्षण ?

 के हो मेनेन्जाइटिस ? कस्ता हुन्छन् यसका लक्षण ?

नेपालखबर
असार ९, २०७६ सोमबार १:३,

दिमागबाट आउने मुख्य नसा जसलाई स्पाइनल कर्ड भनिन्छ।

स्पाइनल कर्डवरपर झिल्ली हुन्छन्। ती झिल्लीमा संक्रमण भएमा मेनेन्जाइटिस हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा त्रिवि शिक्षण अस्पतालका नसा रोग विशेषज्ञ डा.विक्रम गजुरेलले लेखेका छन्।

नेपालमा मेनेन्जाइटिसको अवस्थाबारे खासै अध्ययन भएको छैन।

त्रिवि शिक्षण अस्पतालको गत वर्षको तथ्यांकअनुसार न्युरोसम्बन्धि उपचाररत सात सय विरामीमध्ये एक सयमा मेनेन्जाइटिस देखिएको थियो।

मेनेन्जाइटिस सामान्यतया भाइरल इन्फेक्सनको कारणले हुन्छ।

यस बाहेक विभिन्न रोग, चोटपटक, क्यान्सर, औषधिको सेवन पनि यसका कारण हुन्।

मेनेन्जाइटिस भन्नेवित्तिकै मस्तिस्क ज्वरोसँग जोडिएर आउँछ। मेनेन्जाइटिस हुँदा अत्यधिक टाउको दुख्ने, लगातार बान्ता हुने, निहुरिन गाह्रो हुने, अर्थात चिउँडोले छाती छुन नसक्ने आदि हुन्छ।

मेनेन्जाइटिस हुँदा बेहोस हुने छारेरोगको लक्षण देखिने पनि हुन्छ।

समयमै पत्ता लगाएर उपचार गरे ८० प्रतिशत मेनेन्जाइटिस निको हुन्छ।

रोगको अवस्था वा प्रकार हेरेर यसको उपचार गरिन्छ।

सामान्यतया टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने खालका लक्षण भएको अबस्थामा सामान्य औषधि खाएरै उपचार गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad