छापा खबर


आईसीयूमा उपचाररत प्रधानमन्त्री ओलीको कस्तो छ अवस्था?

आईसीयूमा उपचाररत प्रधानमन्त्री ओलीको कस्तो छ अवस्था?

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १:३०,

आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौंपटक डायलासिस गरिएको छ।

यसअघि ग्रान्डी अस्पतालमा २६ दिनमा चारपटक डायलासिस गरिएको थियो।

एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीनपटक डायलासिस गरिएको हो।

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन्।

उनलाई आईसीयूभित्रै सहारा दिएर हिँडडुलसमेत गराइएको छ। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

दिउँसो डायलासिस गरिएपछि प्रधामन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad