छापा खबर


वायु प्रदूषणः यसरी ग्यास च्याम्बर बन्दैछ काठमाडौँ

वायु प्रदूषणः यसरी ग्यास च्याम्बर बन्दैछ काठमाडौँ

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १:२४,

२० वर्ष नाघिसक्यो, ‘स्वच्छ, सफा, हराभरा काठमाडौँ’ नारा सुनेको।

यी दुई दशकमा देशको व्यवस्था बदलिइसक्यो, संविधान नयाँ आयो।

तर संघीय राजधानीको दशा भने झन् झन् गए गुज्रिँदो हालतमा पुगेको खबर आजको नेपाल साप्ताहिकमा यम बमले लेखेका छन्।

लाग्छ, भएको प्रकृति मासेर हामी जानीजानी धुँवाधुलोको जंगलमा हराउने बानी पर्दै गएका छौँ।

देशको झण्डै एक चौथायी जनसंख्या प्रदूषणले यसरी नै निस्सासिन बाध्य छ।

युरोपेली संस्था आईक्यु एयरले सूचीकृत गरेका धेरै प्रदूषित राजधानीमध्ये चार सहर एसियाकै छन्।

अध्ययन प्रतिवेनमा पहिलो नम्बरमा भारतको नयाँ दिल्ली छ भने सातौँ नम्बरमा काठमाडौँ छ।

सुख्खा र वर्षायामको तुलनामा हिउँदमा काठमाडौँ बढी प्रदूषण हुन्छ।

हिउँदमा घाम कम लाग्ने, तापक्रम न्युन हुने र तुँवालो लाग्ने भएकाले प्रदूषित हावा सतहमै रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad