छापा खबर


नेपाल सरकारले भन्यो : भाषा परीक्षा उत्तीर्णलाई चाँडो कोरिया लैजाऊ

नेपाल सरकारले भन्यो : भाषा परीक्षा उत्तीर्णलाई चाँडो कोरिया लैजाऊ

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १:१६,

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको भन्दै कम्प्युटर प्रणालीमा आधारित परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ।

कोरियन मानव संसाधन विकास सेवाका महानिर्देशक किम सुङ जाए नेतृत्वको टोलीले बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई भेटी नक्कली परीक्षार्थीमाथि कडाइ गर्न ध्यानाकर्षण गराएको हो।

‘ईपीएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रमध्ये नेपालमा मात्र कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागू गर्न बाँकी छ,’ किमले भने।

नेपालले भने भाषा परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीलाई यथाशीघ्र लैजान कोरियाली टोलीसमक्ष आग्रह गरेको छ। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

विभागले नेपालस्थित कोरियन संसाधन कार्यालयसँग समन्वय गरी काठमाडौं र पोखरास्थित स्कुलहरूमा परीक्षा सञ्चालन गर्दै आएको छ।

हरेक वर्ष परीक्षार्थी बढ्दै गएकाले परीक्षाका लागि मात्रै कोरियाबाट धेरै जना आउनुपर्ने अवस्था छ। सन् २०१९ का लागि भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। त्यसमध्ये भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जना नोभेम्बर २० मा सीप परीक्षामा सहभागी भएका थिए।

भेटमा भुसालले भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थीलाई विभागले पक्राउ गर्ने गरेको जानकारी दिएका थिए। कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको छ। भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad