ad ad

छापा खबर


स्वर्ण दाबेदार तुलसा खत्री साग छाडेर भागिन् कतार

स्वर्ण दाबेदार तुलसा खत्री साग छाडेर भागिन् कतार

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १:२८,

‘देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ। मेरो जीवन सहज पार्न कतार हिडें,’ एथ्लेटिक्सकी तुलसा खत्री क्षेत्रीले प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको सन्देश हो यो।

तुलसा जसले आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी थिइन्। उनले ५९.५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन्। त्यसैले उनी आइतबार नेपालमा सुरु हुने १३औं दक्षिण एसियाली खेलकुल (साग)मा पनि तुलसालाई स्वर्ण पदकको प्रबल दाबेदारका रुपमा हेरिएको थियो। बिडम्बना तुलसा खत्री क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी छन्।

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारीका लागि कतार गएकी हुन्। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फ प्रतिस्पर्धा गर्ने खेलाडी तुलसाले सागलाई बेवास्ता गर्दै वैदेशिक रोजगारीका लागि कतार गएकी हुन्। यो खबर आजको नागरिक दैनिकमा सुमन चापागाईले लेखेका छन्।

पदकको आशा गरिएकी विभागीय टोली त्रिभुवन आर्मीकी खेलाडी सम्पर्कविहीन भएको एथ्लेटिक्सका प्रमुख प्रक्षिक चन्द्रबहादुर गुरुङले जानकारी दिए। यसबारे टिम म्यानेजर मोहन घले पनि बेखबर छन्।

‘उनले हामीलाई घरमा पूजा भएकाले जानुपर्ने जानकारी दिएकी थिइन्। होटलबाट पनि पूजाको थालीसहित बाहिर निस्किएकी हुन् भन्ने सुन्नमा आएको थियो। अभ्यासमा ढिला हुने जानकारी आएको थियो। तर पछि सम्पर्कमा आइनन्,’ मुख्य प्रशिक्षक गुरुङले भने, ‘उनी दुबई पुलिसमा भर्ती हुन कतार गएको भन्ने जानकारी आएको छ। उनीबाट सागमा पदकको अपेक्षा गरिएको थियो। तर अन्तिम समयमा उनीबाट धोका भएको छ। यो समग्र राज्यका लागि नै धोका हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .