ad ad

छापा खबर


गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १:८,

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ।

सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ।

प्रज्ञा ठाकुरको सो भनाइको ठूलो आलोचना भएपछि उनको दलले सो भनाइप्रति खेद व्यक्त गरेको खबर एजेन्सीलाई उधृत गर्दै आजको राजधानी दैनिकले छापेको छ।

ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रोपटक हो। पहिलोपटक उनले गत मेमा यस्तो अभिव्यक्ति दिएकी थिइन्।

उनीमाथि सन् २००८ मा ६ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ । ठाकुरले ती आरोपहरूलाई अस्वीकार गर्दै आएकी छन् । उनीविरुद्ध परेको मुद्दामा धरौटी तिरेर जेल बाहिर रहेकी छन् । संसद्को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन् ।

उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् । बिहीवार संसद्मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको कडा आलोचना गरे । उनले भने, ‘हामी नाथुराम गोड्सेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .