ad ad

छापा खबर


शुल्क फिर्ता माग्दा जिउँदै जलाइदिने धम्की

 शुल्क फिर्ता माग्दा जिउँदै जलाइदिने धम्की

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार २:५२,

चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको आन्दोलनका कारण चारवटा मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ ।

वीरगन्जको नेसनल, कास्कीको गण्डकी, चितवनको चितवन र रूपन्देहीको युनिभर्सल मेडिकल कलेज ठप्प भएका हुन् ।

नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई बिहीबार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ ।

धर्नामा बसेकालाई धम्क्याइएको र राति अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

‘बढी लिएको शुल्क फिर्ता लिन शान्तिपूर्ण धर्ना गर्दा जिउँदै जलाइदिन्छौं भनेर त्रस्त बनाइएको छ,’ एक छात्रले टेलिफोनमा भने, ‘धर्नामा गएकाहरूलाई होस्टल छिर्न दिइएको छैन, बाहिरै सडकमा बसेका छौं।’

७० भन्दा बढी विद्यार्थीलाई सञ्चालक बसरुद्दिन अन्सारीलगायत कलेज प्रशासन पक्षले होस्टलमा पस्न अवरोध गरेको उनीहरूले बताए । विद्यार्थीले मूल प्रवेशद्वारमा धर्ना दिएका थिए । दुई नम्बर गेटबाट होस्टल जान रोकिएको उनीहरूको गुनासो छ।

करिब १ महिनादेखि सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता माग्दै नेसनलका विद्यार्थी आन्दोलित छन् । चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि उक्त कलेजका विद्यार्थीलाई सघाउन वीरगन्ज पुगेका थिए ।

‘पहिले पनि राति १२ बजेसम्म होस्टल पस्न दिइएन, मध्यरातिपछि होस्टलको छतमा लगेर कुटपिट गरियो ।’ कुटपिट र दमनको विरोधमा देशभरका मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा तीन दिनसम्म प्रदर्शन गरेका थिए ।

नेसनल कलेजमा सिनियर ब्याचका विद्यार्थी र बाहिरका युवासमेत ल्याएर कलेज प्रशासनले आन्दोलन दबाउन दमन गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

सरकारले मेडिकल कलेजहरूलाईअतिरिक्त शुल्क फिर्ता गर्न दिएको पछिल्लो अल्टिमेटम सकिन ४ दिन मात्र बाँकी छ । शिक्षा मन्त्रालयले १५ दिनभित्र शुल्क फिर्ता गर्न कलेजहरूलाई सार्वजनिक सूचनाजारी गरेर अपिल गरेको हो ।

१५ दिनभित्रशुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । विद्यार्थी र अभिभावकलाई उजुरी दिन आग्रह गर्दै कारबाहीका लागि शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .