अभिनेत्री विनिता बराल यतिबेला निकै खुसी छन्।
गत जेठमा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी विनितालाई कहिले ठूलो भएको पेट सार्वजनिक गर्न त कहिले कोक्रो बनाउँदैमा फुर्सद छैन।
केही समयअघि आफू आमा बन्दैछु भनेर गोडा चारेक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्।
उनको ठूलो पेट सार्वजनिक भएलगत्तै उनलाई बधाइको ओइरो लागेको थियो।
उनले बच्चा जन्मिने समय नजिकिँदै गर्दा हर्षले कोक्रो नै तयार गरेकी खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।
नवजात शिशुका लागि उनले कोक्रोमा गुडियासमेत राखेकी छन्।
नयाँ सन्तान र पहिलो सन्तानको उनलाई कति हर्ष छ भन्ने कुरा उनको उत्साह हेर्दै थाहा हुन्छ। आमा हुनुको पहिलो पहिलो गर्व जो हो!

प्रतिक्रिया