छापा खबर


मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार २३:५५,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन्।

मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरुले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानु होला।’

प्रधामन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए।

‘मैले केही सोचिरहेको छु, भोली केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरु सबैलाई धन्यवाद’ प्रधामन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनु होला।’

बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल बैठकमा नआएको स्रोतको भनाई छ।

त्यसैगरी दुबै उपप्रधानमन्त्री र शिक्षामन्त्री विदेशमा भएकाले उपस्थिति थिएनन् भने, अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन्।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad