छापा खबर


सातै प्रदेशका मुख्य उत्पादनको प्रोफाइल तयार

सातै प्रदेशका मुख्य उत्पादनको प्रोफाइल तयार

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ३:१५,

सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सातै प्रदेशमा भएका वस्तुको पहिचान गरेर प्रोफाइल तयार गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

सातै प्रदेशमा भएका सम्भावित उत्पदनको पहिचान गरेर निर्यात प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्न सघाउ पुर्याउने उदेश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको हो।

केन्द्रले सातै प्रदेशको प्रोफाइल तयार गरेर उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका साथै सातै प्रदेशमा प्रतिवेदन पेश गरिसकेको छ । केन्द्रकी सुचना अधिकारी शान्तिदेवी मल्लले उत्पादन र निर्यातको सम्भावना भएका वस्तुको पहिचान गरिएको बताईन।

केन्द्रका अनुसार प्रदेश १ मा उत्पादन भएका र अन्तरप्रदेश व्यापार भएका प्रमुख वस्तुहरूमा धान चामल, गहुँ, मकै, कोदो, फापर जौ, ताजा तारकारी, फलफूल, दलहन, तेलहन रहेका छन्।

अन्तरप्रदेश व्यापार भएका प्रमुख औद्योगिक वस्तुहरूमा कागज, तयारी पोशाक, जुत्ता, फर्चिचर, खेलौना, कलम, पेन्सिल, प्लाष्टिकका भाडाकुँडा, टुथपेष्ट, साबुन, सेम्फु, तालाका सामानहरू, स्पिरिट, मदिरा, विस्कुट, इलेक्ट्रिक भेहिकल, विजुलीका सामानहरू, प्लाइउड, खानेतेल, प्रशोधित पेट्रोलियम, फलाम तथा स्टिलका उत्पादनहरू पर्छन्।

प्रदेश प्रदेशबाट निकासी भएका प्रमुख वस्तुहरूमा चिया, अलैंची, अदुवा, अम्लिसो, रुद्राक्ष, सुपारी, ताजा तरकारी, छुर्पी, चिज, तिराइतो धागो, जुटका सामान, छालाका सामानहरू र जस्तापाताहरू रहेका छन्।

यस्तै प्रदेश २ बाट निकासी गर्न सकिने वस्तुहरूमा धान चमल, गहुँ, मकै, उखु, आलु, चिनी, आँप, माछा रहेको छन्।

यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूमा दलहन, तेलहन, तरकारी, फलफूल, केरा, मासु, मसला, जुस, दुग्ध पदार्थ, फुल, पशु आहार, काठ, कागज, सिमेन्ट, सिमेन्ट क्लिंकर, औषधी तयारी पोशाक, सेरामिक्सका उत्पादनहरू, फर्निचर, छालाका सामानहरू, राखिएको छ।

३ नम्बर प्रदेशमा कृषिजन्य वस्तु उत्पादनमा धान चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी, साथै औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका विस्तुहरू, हस्तकलाका सामग्री निर्यात गर्न सकिने वस्तुको रुपमा पहिचान गरिएको छ।

यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्चिचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ रहेका छन् । त्यस्तै, हस्तकलाका सामान र विजुलीलाई पनि लिइएको छ।

अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुहरू तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामानलाई राखिएको छ।

गण्डकी प्रदेशमा धान चमल, गहुँ, मकै,उखु, आलु, जैविक तरकारी, जडीबुटी, तेल, ऊन, स्याउ, सुन्तला लगायतका फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत र सेवाव्यापारको पहिचान गरिएको छ।

साथै सेवा क्षेत्रमा जलयात्रा प्याराग्लाइडिङ दृष्यावलोकन पदयात्रा तथा साहसिक पर्यटन होटल होमस्टेलाई विकास गर्न सकिने भने सुझाव पेश गरिएको छ।

धान, मकै, स्याउ, सुन्तला, माछा, लसुन, प्याज, खुर्सानी, मह, ऊन, फलाम, सिमेन्ट, चाउचाउ, चकलेट जस्ता वस्तुको आयात प्रतिस्थापन गर्न सकिने भनिएको छ भने जडिबुटी, अलैची, अुदवा, स्याउ, कफी, मह, पानीलाई निर्यात योग्य वस्तुको रुपमा राखिएको छ।

गहुँ, मकै, कोदो, फापर जौ, उवा, स्याउ, सुन्तला, जातका फलफूल, लप्सीका परिकार, लसुन, प्याज, खुर्सानीलगायका वस्तुलाई अन्तरप्रादेशिक व्यापार सम्भावना भएका वस्तुका रुपमा राखिएको छ।

यस्तै प्रदेश ५ मा निर्यात गर्न सकिने सम्भावित वस्तु तथा सेवाहरूमा रोजिन र रेजिन, कत्था, सारयुक्त तेल, पोलिष्टर धागो, पिपि ओभन फेब्रिक, पिना र धुटो, चाउचाउ, कपडा, जबिडुबटी, मुसुरो, कफी र अदुवा, बेसार रहेका छन्।

यस्तै कर्णाली प्रदेशबाट हाल निर्यात भइरहेका वस्तुहरूमा अदुवा, विभिन्न प्रकारका जडिबुटीहरू, रत्नपत्थर, गलैंचा, प्राकृतिक रेशाजन्य कपडा, टिमुर रहेका छन्।

यस प्रदेशबाट बेसार, प्राकृतिक रेशाजन्य वस्तुहरू, मह, अलैंची, दुधजन्य पदार्थ, खनिजजन्य वस्तुहरू निर्यातजन्य वस्तु भनेर सिफारिस गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा बाख्रा, माछा, मासु, दुग्धजन्य पदार्थ, अण्डा, मह, वनस्पति उत्पादनहरू, फूल तथा विरुवाहरू, दलहन, मसलाजन्य, खाद्यान्न र तेहलन वस्तुहरूलाई राखिएको छ।

भैसीको दूध र यसबाट उत्पादन हुने वस्तुहरू, काठजन्य वस्तुहरू, हस्तकलाका सामग्रीहरू लगायतका वस्तुहरू अन्तरप्रदेश व्यापार सम्भनावना भएका वस्तुमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad