छापा खबर


नौ मेडिकल कलेजका अस्पताल गैरकानुनी, कुन-कुन?

नौ मेडिकल कलेजका अस्पताल गैरकानुनी, कुन-कुन?

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १:५१,

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन्।

यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगरेका हुन्।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज र नेपालगन्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृतिविना सञ्चालनमा छन्।

त्यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज), नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पनि स्वीकृतिविना सञ्चालनमा छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

नवीकरण नभएका अस्पताल
१ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
२ जानकी मेडिकल कलेज
३ युनिभर्सल कलेज अफ मेडिकल साइन्स
४ नेसनल मेडिकल कलेज
५ मणिपाल कलेज अफ मेडिकल साइन्स
६ कलेज अफ मेडिकल साइन्स
७ नेपालगन्ज मेडिकल कलेज
८ काठमाडौं मेडिकल कलेज
९ चिकित्साशास्त्र अध्ययन सस्थान आईओएम शिक्षण अस्पताल महाराजगञ्ज

नवीकरण भएका अस्पताल
चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेज।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad