छापा खबर


सांसद आलमले रौतहट प्रहरी प्रमुखलाई कारागारबाटै दिए यस्तो धम्की

सांसद आलमले रौतहट प्रहरी प्रमुखलाई कारागारबाटै दिए यस्तो धम्की

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ०:४५,

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्।

आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन्।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए। भेटपछि आलमले हिन्दीमा लेखेका मागपत्र कारागार प्रशासनलाई बुझाएका छन्।

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ।

मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन्। यो खबर आजको कान्तिपुरमा माृतका दाहालले लेखेका छन्।

‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट)ने मेर साथ गलत किया, उसका भी बुरा होगा,’आलमले लेखेका छन्।

प्रहरीले आलमलाई भेट्न आउनेको विशेष निगरानी राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad