ad ad

छापा खबर


सांसद आलमलाई यसरी राखिएको छ नख्खु कारागारमा

सांसद आलमलाई यसरी राखिएको छ नख्खु कारागारमा

नेपालखबर
मंसिर २, २०७६ सोमबार ०:५३,

रौतहटको राजपुर बम काण्डका आरोपित नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद अफताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो।

Mohammad Aalam Arrest

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ। नख्खु कारागारका सुरेन्द्र पौडेल आलमलाई अतिरिक्त सुविधा नदिइएको बताउँछन्।

‘यो कारागारमा १५ सय कैदीबन्दी छन्। तीमध्ये आलम पनि एक हुन्। सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ प्रमुख पौडेलले भने भनेर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले खबर लेखेका छन्।

आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ। दुई दिनको जेल बसाइमा आलमले कुनै शंकास्पद व्यवहार नदेखाएको कारागार व्यवस्थापनले जनाएको छ।

आलमविरुद्ध १२ वर्षअघि राजपुरमा भएको बम विस्फोटमा घाइते भएका झन्डै २४ जनालाई इँटाभट्टामा जलाएर मारेको अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .