छापा खबर


माइत गएकी श्रीमती लिन पटकपटक जाँदा पनि आउन नमानेपछि प्रशासनमा उजुरी

माइत गएकी श्रीमती लिन पटकपटक जाँदा पनि आउन नमानेपछि प्रशासनमा उजुरी

नेपालखबर
मंसिर १, २०७६ आइतबार १:३०,

पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानकाे संख्या बढ्न थालेको छ। पश्चिम नवलपरासीमा पत्नीपीडित मुद्दा बढ्दै गएका हुन्।

त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ।

महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० वर्षीय एक युवक प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइदिन निवेदन लिएर पुगे। गत वैशाखमा रूपन्देहीमा विवाह गरेका उनले पन्ती लिन पटक पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन्।

विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा हरि शर्माले लेखेका छन्।

आफूले खानलाउन दिए पनि माइत गएपछि बिनाकारण घर नफर्केको ती युवकको भनाइ छ। ससुरालीले पनि छोरी नपठाउने भन्दै फर्काउने गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad