छापा खबर


प्रेम सम्बन्ध रहेको युवतीको गर्भपतन गराउँदा ३ जना प्रहरीको फन्दामा

प्रेम सम्बन्ध रहेको युवतीको गर्भपतन गराउँदा ३ जना प्रहरीको फन्दामा

नेपालखबर
मंसिर १, २०७६ आइतबार १:१४,

गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित तीन जनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए। प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउने औषधि खाएकी थिइन्।

औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्याएका थिए। शौच गर्न पुगेकी युवतीले त्यहीं पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन्।

त्यसपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा उनीसहित तीन जनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा हरि शर्माले लेखेका छन्।

छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ। युवक स्थानीय एक स्कुलको कक्षा १० मा अध्ययरत हुन्। सबैको नाम प्रहरीले गोप्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad