ad ad

छापा खबर


४० वर्षदेखि नायकको रजगज, नायिकलाई १० वर्ष टिक्न पनि गाह्रो

४० वर्षदेखि नायकको रजगज, नायिकलाई १० वर्ष  टिक्न पनि गाह्रो

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १:२१,

करिब ४० वर्षअघि भुवन केसीले फिल्ममा खेल्ने मौका पाए, जुनीमा।

फिल्मकी नायिका थिइन्, मिनाक्षी आनन्द।

०५० मा दार्जिलिङबाट नेपाल आइन्, निरुता सिंह। त्यो बेला उनी १९ वर्षकी मात्र थिइन्।

निर्देशक तुलसी घिमिरेले दक्षिणाबाट उनलाई नेपाली फिल्ममा प्रवेश गराए।

त्यो बेला भुवनको उमेर निरुताको काका बराबरको थियो। उनका नायक भुवन नै थिए।

३५ कटेका भुवन अनि २० टेक्दै गरेकी निरुताको जोडी दर्शकले मन पराए।

यो हिजोको कुरा भयो। अब आजको कुरा गरौँ।

भुवन अहिले पनि नेपाली फिल्म क्षेत्रमा नायकका रुपमा सक्रिय नै छन्।

उनी छोरा अनमोल केसीसँग एन्टी हिरोमा अभिनय गर्ने तयारीमा छन्।

फिल्ममा एकसाथ प्रवेश गरेका नायक–नायिकामध्ये नायकको रजगज ४० वर्षदेखि चलिरहँदा नायिकाहरु भने छिट्टै हराइहाल्छन्।

यो खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

फिल्म क्षेत्रमा कच्चा उमेरमा प्रवेश गरेकाहरु जब उमेरसँगै अभिनयमा परिपक्व र अनुभवी हुँदै जान्छन्, नायिकाको आयु सक्किइसकेको हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .