छापा खबर


सरकारी साक्षीले नै आलमलाई जोगाउने गरी यसरी फेर्दैछन् बयान

सरकारी साक्षीले नै आलमलाई जोगाउने गरी यसरी फेर्दैछन् बयान

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १:३६,

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद अफ्ताव आलमबिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन्।

अदालतमा थुनछेक बहस चलिरहेको बेला चमार सोमबार आलम पक्षका वकिलसँग अदालत पुगेका थिए।

बयान फेरेपछि प्रहरीले उनलाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा रौतहटबाट अशोक पहाडले लेखेका छन्।

चमार राजपुरमा भएको बम विस्फोटमा घाइते भएका सरकारी साक्षी हुन्।

उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागज पेश गरेका छन्।

उनले यसअघि बम विस्फोट आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरले सार्वजनिक गरेको थियो।

यस अघि २१ कात्तिकमा बम विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनले आफ्नो पति बम विस्फोटमा नमारिएको बरु वैदेशिक रोजगारीमा गएर नफर्किएको निवेदन दिएकी थिइन्।

तर, उनले ०४७ मै पतिको मृत्यु दर्ता प्रमाणपत्र बनाइसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad