पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ।
सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो। नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सार दर वृद्धि गरेको थियाे।
अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पुर्याएको छ। यो खबर आजको कारोबारमा लक्ष्मी सापकोटाले लेखेका छन्।
गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया