चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन।
पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए।
उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्या छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
नेपाल चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छ भने झण्डै आधा दर्जन सीमास्तम्भ गायब छन्।
नेपाल चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ।
पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन्।
तीमध्ये सन् २००५ मा भएको सुररिवेक्षणमा ३७, ३८ र ६२ नम्बरका सीमा भेटिएका थिएनन्।
३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन।
सोलुखुम्बुको नाम्पा भन्ज्याङ्मा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन।
ठूलो समस्याचाहीँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टीको कार्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ।
प्रतिक्रिया