ad ad

छापा खबर


कालापानी : विवाद समाधान गर्न भारत तयार

कालापानी : विवाद समाधान गर्न भारत तयार

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ०:४७,

नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भारतले नेपालमा त्यसको चर्काे विरोध भएपछि कूटनीतिकतवरबाट समाधान खोज्ने स्पष्ट पारेको छ।

भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको जनाएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे। सीमामा बाँकी केही समस्या समाधान गर्न भारत तयार रहेको उनको भनाइ छ।

‘नेपालसँग दुईपक्षीय सम्बन्धको मर्ममा अडेर सीमा समस्या समाधान गर्नेछ,’ उनले भनेका छन्, ‘हाम्रो नक्साले भारतको सार्वभौम भूमिमात्र देखाउँछ। नक्सा मिचिएको संकेत छैन।’ 

उनले दुई देशबीचका सीमा समस्या उच्चस्तरीय संयुक्त आयोगको बैठकबाट समाधान हुन बाँकी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .