छापा खबर


युएईले माग्यो नेपालसँग घरेलु श्रमिक, यस्ता हुनेछन् सुविधा

युएईले माग्यो नेपालसँग घरेलु श्रमिक, यस्ता हुनेछन् सुविधा

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १:१,

गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र युएई सरकार सहमत भएका छन्।

काठमाडौँमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरुलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन्।

श्रम समझदारी कार्यान्वयन गर्न बसको बैठकमा युएई सरकारले नेपालबाट घरेलु श्रमिकसमेत पठाउन अनुरोध गरेको बैठकमा सहभागी सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता गरिएको छ।

श्रम समझदारी सोमबारबाटै कार्यान्वयनमा आएको छ।

अब युएई जाने नेपाली श्रमिकलाई व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्नेछ।

सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोर्नेछन्।

पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवावापत २१ दिनका दरले र सोभन्दा बढी सेवा अवधिका लागि वार्षीक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad