भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयको छानबिनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्।
सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेसँगै उनी निलम्बनमा परेका खबर आजको नयाँ पत्रकिा दैनिकमा जनार्दन बराल र विजयराज खनालले लेखेका छन्।
श्रेष्ठमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
सोमबार बिहान ७ बजे बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न सञ्चालक प्रा।डा। श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा सञ्चालकहरू रामजी रेग्मी र डा. सुबोधकुमार कर्ण छन् ।
सोमबार दिउँसो नै समितिको पहिलो बैठक बसेको थियो । बैठकले डेपुटी गभर्नर श्रेष्ठमाथि अनुसन्धान गर्नुपर्ने विषयबारे स्पष्ट जानकारी गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय छ।
श्रेष्ठमाथि वैदेशिक भ्रमणमा जाँदा फर्जी कागजात तयार गरी आफूले पाउनेभन्दा बढी सुविधा लिएर राष्ट्र बैंकलाई हानि–नोक्सानी पुर्याएको आरोपसमेत छ।
राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षणले समेत उनले विदेश भम्रणको क्रममा बिजनेस क्लासको नक्कली टिकट पेस गरी भुक्तानी लिने गरेको, होटेलको पनि फर्जी कागज पेस गरी रकम लिएको प्रतिवेदन दिएको थियो।

प्रतिक्रिया