ad ad

छापा खबर


काठे पुल तर्न चर्को शुल्क

काठे पुल तर्न चर्को शुल्क

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार २:४९,

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बाणीदेखि लालझाडी गाउँपालिकाको देखतभुलीसम्म कालोपत्रे सडक छ।

कालोपत्रे सकिनेबित्तिक्कै दोदा नदी आउँछ । दोंदापारि रहेको लालझाडी गाउँपालिकाकै जाइँसम्म जान ३० रुपैयाँ तिर्नुपर्छ । नदीमा निर्माण गरिएको काठे पुल प्रयोग गरेबापत उक्त रकम तिर्नुपरेको हो।

काठे पुलमा पैदल यात्रु र साना सवारी मात्रै जान्छन् । पैदल यात्रुले पैसा तिर्नुपर्दैन। मोटरसाइकलको ३० र साइकलको १० देखि २० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ। त्यसले दिनभर ओहोरदोहोर गर्न सकिन्छ ।

दोस्रो दिन यात्रा गर्नुपरे पुनः पैसा तिर्नुपर्छ । ‘काठे पुल पनि हिउँदमा मात्रै हो, बर्खामा त नाकाबन्दी लागे जस्तै हुन्छ,’ लालझाडी गाउँपालिका २ कसुवाका मोलसिंह रानाले भने, ‘काठे पुल बनेपछि नदी तर्न केही सजिलो भएको छ।’

उक्त काठे पुल इटाहा बाबा मन्दिर सहयोग समिति लालझाडी जाइँले बनाएको हो । पैसा उठाउन कर्मचारी पनि राखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा कञ्चनपुरबाट भवानी भट्ट, गणेश चौधरीले लेखेका छन्।

देखतभुली र जाइँ जोड्न दोदा नदीमा पुल निर्माणाधीन छ । तर निर्माणमा भइरहेको ढिलाइका कारण यहांका स्थानीय काठे पुलकै भर पर्न बाध्य भएका हुन्।

देखतभुलीमा मात्रै होइन, लालझाडीको नन्द गाउँ र बल्मीको बीचमा पनि काठे पुलकै भर छ । यहाँ पनि साइकलको २० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क लिने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .