जापानी भाषा परीक्षा भोलि(आइतबार)देखि सञ्चालन हुने भएको छ।
नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो।
जापान फाउनडेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजा जना छानिएका छन्।
हजारौंले अनलाइनमार्फत आवेदन दिएका भए पनि हजार जनाले मात्रै परीक्षा दिन पाउनेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।
लक्की ड्रमार्फत परीक्षार्थी छानिएको जापान फाउन्डेसनको दाबी छ। परीक्षामा पास हुने मात्रै नर्सिङ केयरमा छनोट हुन पाउनेछन्।

प्रतिक्रिया