जस्तोसुकै अपराध गरे पनि विदेशतिर भागेपछि उम्किन सकिन्छ भन्ने अपराधिको बुझाइ हुन्छ।
तर, पछिल्ला कयौँ घटनाले त्यो बुझाइ गलत सावित गरिदिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नबराज मैनालीले लेखेका छन्।
अपराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव छैन। ढिलोचाँडो प्रहरीको पञ्जामा पर्ने निश्चित छ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरेर प्रहरीले अपराधमा संलग्न कयौँलाई स्वदेश झिकाएको छ।
पछिल्लो नौ वर्षमा १० देशबाट २३ मोस्ट वान्टेडलाई पक्राउ गरी नेपाल झिकाइएको छ।
अझै विभिन्न देशमा गरी २८ नेपाली मोस्ट वान्टेड सूचीमा छन्। ती अधिकांश सुन तस्कर, बैँकर र कलाकार भएका प्रहरीले जनाएको छ।
यस बीचमा आफ्नो देशमा अपराध गरेर नेपाल लुक्न आएका सात विदेशीलाई पक्राउ गरी प्रहरीले सम्बन्धित देशमा पठाएको छ।

प्रतिक्रिया