छापा खबर


इँटाभट्टा नरसंहारका नाइके आलम यसरी चलान भए हिरासत

इँटाभट्टा नरसंहारका नाइके आलम यसरी चलान भए हिरासत

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ०:१४,

बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमले पहिलोपटक सरकारी वकिलको कार्यालयमा बयान दिएका छन्।

जिल्ला अदालत रौतहटले पाँच दिनको म्याद थपेपछि उनी सरकारी वकिलसमक्ष बयान दिन राजी भएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

जिल्ला न्यायाधीश खडिन्द्रराज कटुवालसमक्ष उनले साढे पाँच घन्टा लामो इन्कारी बयान दिएका छन्।

आलमलाई प्रहरीले बयानका लागि आइतार ३ बजे जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पुर्याएको थियो।

उनको बयान साढे ८ बजेमात्र सकिएको थियो। यसअघि आलमले सरकारी वकिल कार्यालयमा बयान दिन अस्वीकार गर्दै आएका थिए।

आलम साधारण तारेखमा छुट्ने आशामा अदालत पुगेका आलमका वकिलको जिकिर थियो, ‘१२ वर्षअघिको मुद्दामा फेरि किन बयान दिने?’

तर, न्यायाधीश चणकमणि अर्यालले सोधे, ‘उहाँविरुद्ध थप दुई मुद्दा दर्ता भएको थाहा छ विद्वान वकिलसाबहरु?’ त्यसपछि वकिलहरु भस्किए, आलम हिरासत चलान भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad