छापा खबर


पीडितको अडान : ‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

पीडितको अडान : ‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ३:७,

रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्।

अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ।

राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप(यो, जिउँदै छ भने देखाइदिनुप¥यो।’

२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन्।

‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad