सहिद गंगालाल हृदय रोग केन्द्रअन्तर्गत अस्पतालको सफ्टवेयर ह्याक भएको छ। नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवक गरेका हुन्।
केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)लाई जानकारी दिएर सूचना गोप्य राखेको छ।
ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्। समूहले बिट क्वाइन रकम मागेका छन्। उनीहरूले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुनसक्ने बताएका छन्।
यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन् ।
ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ। रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहको धम्की छ।
अस्पताल प्रशासनबाट ह्याकिङसम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ। ह्याकिङसम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए।

प्रतिक्रिया