दक्षिणपूर्वी एसियाको ‘घोटाला फार्म’ मा बन्धक बनाइएका अर्का एक व्यक्ति हङकङ घर फर्किन सफल भएका छन्।
सुरक्षा ब्युरोबाट तोकिएको कार्यदलका सदस्यसँगै उनी बैंककबाट उडानमार्फत हङकङ मंगलबार दिउँसो साढे १२ बजे हङकङ फर्किएका हुन्। हङकङ प्रवेश गरेसँगै २९ वर्षीय ती व्यक्तिलाई विमानस्थलको प्रहरी चौकीमा लगिएको थियो।
गएको अक्टोबरदेखि हङकङका बासिन्दालाई विभिन्न प्रलोभनमा दक्षिणपूर्वी एसियाको म्यानमार पुर्याई ‘घोटाला फार्म’मा बन्धक बनाइएको पाइएको छ। जसमध्ये यसअघि कतिपय फर्किसकेका छन् भने अझै कतिपय फसिरहेका छन्।
आकर्षक रोजगारी दिलाइदिने भन्दै हङकङका २ युवतीलाई म्यानमार पुर्याई फिरौती माग्ने महिला पक्राउ
हङकङबाट म्यानमार पुर्याई बन्धक बनाइएका व्यक्तिका परिवारले तिरेका थिए ३० हजार अमेरिकी डलर फिरौती
हङकङ सरकारले खुलासा गरेअनुसार त्यस क्षेत्रका समान ठगीमा फसेका उनीहरूको उद्धार प्रयासका लागि एक सुरक्षा अधिकारी थाइल्यान्डको बैंककमै रहनेछन्। सरकारका अनुसार उनले १० जनाको उद्धार प्रयास गर्नेछन्।
मंगलबार एक जनाको उद्धार भएसँगै सुरक्षाका लागि सहायक सचिव प्याडी युनले हङकङवासीको रिहाइमा सहयोग पुर्याएकोमा मुख्यभूमि चीन, थाइल्याण्ड र म्यानमारका अधिकारीलाई धन्यवाद दिए।
युनले भने- थाई अधिकारीहरूको ‘मानवीय’ सहयोगले पीडितलाई घर फर्काउने समय केही दिन घट्यो। जसले गर्दा उनी लुनार नयाँ वर्षअघि परिवारसँग पुनर्मिलनमा सक्षम भएका छन्। (एससीएमपी)
Shares

प्रतिक्रिया