हुरीले अस्तव्यस्त पारेपछि बन्द भएको हङकङको काउलुनस्थित चेङसा वान खेल मैदानको नयाँ वर्ष मेला पुन: सञ्चालनमा आएको छ।
गएरातिको हावाहुरीले स्टल, त्रिपाल लगायत उडाएपछि बन्द गरिएको मेला दिउँसो मर्मतपछि खोलिएको हो।
स्टल थापेकाहरूले भने सरकारको आपत्कालीन कार्यमा असन्तुष्टि जनाएका छन्। साम सुइ पोस्थित चिउङ सा वान खेलमैदानमा उक्त मेला आयोजना गरिएको छ।
आइतबारको ठूलो हुरीबतासले मेलाको स्टलहरू भताभुंग बनाइदिएको थियो। हुरीले आधा दर्जनजसो त्रिपालहरु उडाएर लथालिंग पारेको आकाशबाट खिचिएको तस्बिरमा देख्न सकिन्छ।
सोमबार बिहान मेला रोकिए पनि अपराह्न ४ बजे पुनः खोलिएको हो। तर, केही स्टल मालिकहरूले सरकारले राम्रोसँग व्यवस्थापन मिलाउन नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।
चुङ थरकी एक फूल पसलेले हुरीले लथालिंग पारेपछि राति २ बजे नै प्रहरीलाई खबर गरिए पनि निकै ढिला मात्र सरकारी कर्मचारीले उडाएका पालहरूको व्यवस्थापन गरेको बताइन्। उनले पाल खस्दा फूलका गमलाहरु फुटेको समेत बताइन्। (एससीएमपी)
Shares

प्रतिक्रिया