Nepal Khabar TV


प्रेमको अनुभूतिले रात बितेको पनि थाहा नहुने रहेछ: मेनुका प्रधान (भिडिओ)


नेपालखबर
भदौ १५ , काठमाडौँ

अन्तर्मुखी स्वभावकी अभिनेत्री मेनुका प्रधान सामाजिक सञ्जालमा ज्यादा सक्रिय छैनन्। आफ्ना निजी कुराहरू यतिसम्म गोप्य राख्छिन् कि फिल्म वृत्तमा बन्ने गसिपहरूले पनि खासै पछ्याउँदैनन् उनलाई। पर्दामा पटकपटक जोडीको भूमिका निर्वाह गरेकी उनलाई हामीले सोध्यौँ– तपाईं नसुती बिताएका त्यस्ता रातहरू छन्? के कुराले निद्रा आउँदैन?’

जवाफमा उनले कुनै बेला माया–प्रीतिकै कारण रातमा निन्द्रा नलागेको अनुभव सुनाइन्। उनले मुस्कुराउँदै भनिन्, ‘छन्, धेरै रातहरू छन्। खासगरी माया–प्रीतिकै कुराहरूले गर्दा धेरै रात नसुती बिताएको छु। प्रेमको त्यो अनुभूतिले गर्दा रात बितेको पनि थाहा नहुने रहेछ।’ उनका लागि प्रेम भनेको कसैको अगाडि ‘छर्लङ्गै’ हुनु हो। 

‘छर्लङ्ग, ट्रान्सपरेन्सी, अथेन्टिसिटी नै हो प्रेम,’ उनले भनिन्, ‘प्रेममा भएपछि हामी एकअर्काप्रति पूरै छर्लङ्गै हुन्छौँ। केही लुक्दैन। प्रेम एउटा यस्तो शक्तिशाली अनुभूति हो, जसले समय र स्थानको सीमालाई नाघ्न सक्छ।’

धेरैलाई थाहा नहुनसक्छ, मेनुका एकान्तप्रेमी हुन्। पोखरा जाँदा दिनभरिका लागि डुंगा भाडामा लिएर एक्लै फेवातालको कुनाकाप्चा घुम्नु उनको प्रिय सोख हो। 

अभिनयमा अब्बल उनलाई अब निर्देशनको भोक पनि जागेको छ। दुई वर्षयता उनी निरन्तर कथा लेखिरहेकी छन्। 

‘आफै कथा भन्न मन छ। खासमा तयारी गरेको धेरै लामो भइसक्यो। अब चाहिँ बनाउनुपर्छ है, यो धेरै लेट भयो जस्तो लाग्छ,’ उनले भनिन्। 

हेर्नुहोस्, मेनुका प्रधानसँगको ‘लेट्स टक’ जहाँ उनले आफ्नो फिल्म करिअरदेखि जीवनका अनेक पाटामाथि खुलेर कुरा गरेकी छन् :

भदौ १५, २०८२ आइतबार १६:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad