नागढुंगा सुरुङमार्ग अन्तर्गत बलम्बुमा फ्लाइओभर धमाधम निर्माण भइरहेको छ।
बलम्बु मुख्य सडकबाट फ्लाई ओभरले सुरुङमार्ग जोड्छ।
यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटर र चौडाइ ७ मिटरको हुनेछ।
नागढुंगा सुरुङमार्गको लम्बाई २ किलोमिटर ६८८ मिटर लम्बाई रहेको छ।
जापानको सहुलियत ऋणमा सुरुङमार्ग निर्माण भइरहेको छ।
आयोजनामा सुरुङमार्ग बाहेक अन्डरपास ३ वटा, ४ वटा बक्स कल्भर्ट, १ ओभरपास, ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। सुरुङ मार्ग बाहेक १२ वटा संरचना रहेकोमा फ्लाई ओभरमात्रै निर्माण बाँकी रहेको छ।
फ्लाई ओभरबाट करिब ३ किलोमिटर पहुँचमार्गपछि पूर्वपट्टी सुरुङमार्गमा प्रवेश गर्न सकिन्छ। ज्यालादेवी मन्दिरको छेउँ, त्रिवेणीघाट हुँदै सुरुङमार्ग प्रवेश गर्छन्।
असार ४, २०८१ मंगलबार २०:२८
प्रतिक्रिया